प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै भएको नेपाल बार एसोसिएसनको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको दाबी गरिएको छ ।
बारले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी आन्दोलन गरेको छ । सर्वोच्चको गेट नै बन्द गरिएको छ भने आन्दोलित कानुन व्यवसायीलाई गेट बाहिर रोकिएको छ ।
प्रधानमन्त्री देउवाबाट गृहमन्त्री र प्रहरी महानिरीक्षलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन आएको बार महासचिव लिलामणि पौडेलले जानकारी दिए । यसैबिच नेपाल बार एसोसिएसनको आन्दोलन भएको क्षेत्रमा परिचालित सुरक्षाकर्मी हटाइएको छ ।
नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले दिएको जानकारी अनुसार प्रधानमन्त्रीको निर्देशन अनुसार सर्वोच्च परिसरमा खटाइएका सुरक्षाकर्मी हटाइएको जनाईएको छ ।