नेत्रवक्रिम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीको अत्तरियामा प्रदर्शन गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको विरोधमा सो पार्टीले विरोध प्रदर्शन गरेको हो ।
देशव्यापी कार्यक्रम अन्तरगत अत्तरियामा पनि विरोध प्रदर्शन गरिएको सो पार्टीले जानकारी दिएको छ । प्रदर्शनकारीले अत्तरिया बजारमा ¥याली प्रदर्शन गरेका थिए ।
प्रदर्शनपछि कोण सभालाई सम्बोधन गर्दै अनिरास्ववियू क्रान्तिकारीका केन्द्रिय सचिव बीरेन्द्र शाहले मुल्यवृद्धिका विरुद्धमा देशैभरी सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीले बिहिबारदेखि मुल्य वृद्धिविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको उनले बताए । नेपाल कम्युनिष्ट पार्टीले मूल्य वृद्धिको विरोधमा २० गते नेपाल बन्दको घोषणा गरेको छ ।