कैलालीमा मंगलबार राती चक्कु प्रहारबाट एक युवकको हत्या भएपछि बुधबार बिहानै देखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका-१ का भुपेन्द्र बडुवालको मंगलबार करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको थियो। उनको मृत्युपछि उनका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
राजमार्ग अवरुद्ध भएपछि विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सवारीसाधन लम्कीमै रोकिएपछि सयौं यात्रुहरु अलपत्र परेका छन् ।यता प्रहरीले भने चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार बडुवालको हत्याको आंशकामा उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यो पनि पढ्नुस् :-
कैलालीमा चक्कु प्रहारबाट एक युवकको मृत्यु