देउसीभैलो अवलोकन भ्रमण गर्न गएको बस दुर्घटनामा परेको छ । चितवनको नारायणगढस्थित लायन्सचोकमा बाँकेको कोहलपुरबाट मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा जाँदै गर्दा भे २ ख २८३२ नम्बरको बस बुधबार बिहान दुर्घटनामा परेको हो ।
बसले म्याजिक र ट्याम्पोलाई ठक्कर दिदाँ बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए ।