नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका छन ।
मंगलवार बिहान एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इन्चार्ज भट्टले सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका हुन ।
एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा इन्चार्ज भट्टले उपाध्यक्ष रावललाई सामाजिक सञ्जालमा नौट्ङकी नदेखाउन पनि चेतावनी दिए । नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले पार्टीको असन्तुष्टिलाई जनता र कार्यकर्ताको बीचमा लैजानुले पार्टीलाई फाइदा नहुने बताए ।