नेपाली कांग्रेसको १४ औं अधिबेशनका लागि कैलाली कांग्रेसका नेता एबम बर्तमान उपसभापति प्रकाश बमले सभापतिको उम्मेदवारी घोषणा गरेका छन ।धनगढीमा आज पत्रकारहरुसंग कुरा गर्दै नेता बमले आफुले सभापति पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन ।
पार्टीका लागि आफ्नो जिवनको झन्डै तीन तिहाई समय खर्चेको बताउदै नेता बमले आफुलाई मत दिई जिताउन सम्पुर्ण मतदाताहरुलाई आग्रह गरेका छन । पार्टी भित्र रहेको गुट उपगुटका कारण नेपाली कांग्रेस प्रती आम कार्यकर्ताको चाहना घट्दै गैरहेको अवस्थामा आफू सभापति भएर आएपछि ती सबै समस्या समाधान गर्ने नेता बमले बताए ।
प्रशिक्षण कार्यक्रम होस अथवा अन्य समयमा कैलाली जिल्लाका सम्पुर्ण वडाहरुको भ्रमण गरिसकेको बताउदै नेता बमले ती सबै वडाबाट आफ्नालागी सहमति समेत भैसकेको बताए। पटकपटक सरेको कांग्रेसको अधिबेशनका लागि कैलालीमा यहि कार्तिक २७ गतेको मिति तय भएको छ । तर उक्त मितिमा समेत अधिबेशन हुनेमा आशंका गरिएको छ