नेपाल एयरलाइन्सले बन्द भएको सात महिनापछि हुम्लाको सिमकोटका लागि उडान भरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आलेले केही दिन अगाडि पश्चिम नेपालका हिमाली जिल्लामा उडान भर्न निर्देशन दिएपछि लामो समयपछि सो एयरलाइन्सले उडान भरेको हो ।
कोरोना कहरले बन्द भएको सात महिनापछि नेपाल एयरलाइन्सले हुम्लाका लागि सहुलियत उडान भर्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । यसअघि सो एयरलाइन्सलाई पटक पटक उडानका लागि हुम्लावासीले अनुरोध गर्दा उडान हुन सकेको थिएन ।
नेपाल एइरलाइन्सले जहाज संख्या कम भएकाकारण उडान भर्न नसकिएको जनाउँदै आएको थियो । केही दिन अगाडि मन्त्री आलेले पश्चिम नेपालको पहाडी तथा हिमाली जिल्लामा उडान नियमित भर्न निर्देशन दिइका थिए । आईतबारबाट जहाजले उडान भर्न सुरु गरेको छ ।