जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड–१९ को सङ्क्रमणबाट जोगिएर तिहार मनाउन आग्रह गरेको छ ।
जिल्ला सुरक्षा समितिको आज बुधवार बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलने खतरा रहेको भन्दै सामाजिक दुरी कायम गरेर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर तिहार मनाउन आग्रह गरेको हो ।
बैठकलगत्तै जारी गरिएको सूचनामा कोभिड–१९ को महामारी तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी रातको ९ बजेदेखि बिहान ६ बजेसम्म देउसीरभैली जस्ता भिडभाडयुक्त कार्य नगर्नरनगराउन भनिएको छ ।
तिहारको समयमा हुने आगलागी र त्यसबाट हुने क्षतिलाई मध्यनजर गर्दै प्रशासनले आतसबाजी, पटका लगायतका विष्फोटकजन्य पदार्थ बेचबिखन र प्रयोग नगर्नरनगराउन आग्रह गरेको छ ।
यस्तै, रक्सी खाएर सार्वजनिक रूपमा हो–हल्ला गरी शान्ति भङ्ग गर्नेलाई तत्काल पक्राउ गरी नियमअनुसार कारबाही गर्ने, जुवातास तथा जुवाजन्य खेल खेल्नेरखेलाउने कार्य गरेको पाइएमा तत्काल पक्राउ गरी जुवा तथा तास खालमा भेटिएका धनमाल जफत गरी नियमअनुसार कारबाही अघि बढाइने सूचनामा उल्लेख छ ।