नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बाल कृष्ण खाँड आज सुदूरपश्चिम जाने भएका छन् ।
गृहमन्त्री खाँड बर्षाका कारण प्रभावित भएको बैतडी,बझांग, डोटी लगायतका जिल्लाको प्रभावित क्षेत्रमा भ्रमण गर्ने कार्यक्रममा जान लागेका हुन् ।
बाढी पहिरोबाट प्रभावित भएका ठाउँका बासिन्दाहरुसीन्दाहरु संग भेट गरी मन्त्री खाँड आज नै काठमाडौँ फर्कने कार्यक्रम रहेको उनका स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिए ।