प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मङ्गलवार भेटवार्ता भएको छ । स्कटल्यान्डको ग्लास्गोमा उनिहरुबीच औपचारिक भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि हिजो जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भएको थियो ।
जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसहित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्वका नेताहरूसँग अनौपचारिक भेटघाट गरेका थिए ।