कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरु आज पदमुक्त हुने भएका छन् । तीनै जना गैर सांसद भएकाले आजदेखि पदमुक्त हुन लागेका हुन् ।
समाजबादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज पदमुक्त हुन लागेका हुन् ।
उनिहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त भएका थिए । गैरसांसद छ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्थाका अनुसार तीनै जना मन्त्रीहरु आज पदमुक्त हुने भएका हुन् ।