प्रदेश १ को विपक्ष गठबन्धनले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अघि सारेको छ ।
आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राईलाई अघि सार्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र प्रदेशसभा १ का संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
गत भदौ १० गते नियुक्त भएका मुख्यमन्त्री भीम आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।प्रदेशसभामा सत्तारुढ नेकपा एमालेको बहुमत नरहेकाले मुख्यमन्त्री आचार्यले सोमबार विश्वासको मत नपाउने निश्चितप्रायः छ।
त्यसपछि प्रदेशप्रमुखले २ वा २ भन्दा बढि दलको सरकार बनाउने आह्वान गर्नेछन्। लगत्तै गठबन्धनले राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै प्रदेश प्रमुखकोमा हस्ताक्षर बुझाउने तयारी छ ।