प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । आचार्यले विश्वासको मत लिइरहँदा प्रदेशसभामा भने एकजना फरार सांसदको खोजी भइरहेको छ ।
उनी हुन् नेकपा एमालेकी मोरङबाट समानुपातिक सांसद गुलेफुन खातुन, जो फौजदारी मुद्धामा दोषी ठहर भएदेखि फरार छिन् ।
सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपया जरिवानाको फैसला सुनाएको छ । उनी २०७६ सालदेखि नै प्रहरीको फरार सुचीमा छिन् ।
दोषी ठहर भएपछि सांसद खातुन लामो समयदेखि प्रदेशसभा बैठकमा उपस्थित भएकी छैनन् ।
उनको अत्तोपत्तो संसद सचिवालयलाई समेत छैन् । उनी कहाँ छिन ? कसलाई थाहा छैन । खातुनलाई प्रहरीले फरार सूचीमा राखेको खोजिरहेको छ । तर, प्रदेश १ मा विश्वासको मतदान हुने बेला उनी फेरी चर्चामा आएकी छिन् ।
प्रदेशसभामा आज पनि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनेबेला सांसद खातुन मतदानका लागि आउने कुराले चर्चा पाएको छ ।
सम्बन्धित समाचारः
प्रदेश १ः मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदा विपक्षीलाई फ्लोर क्रसको डर !