लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ संसदीय दलका प्रमुख सचेतकमा परमेश्वर साह चयन भएका छन् ।
आज बसेको संसदीय दलको बैठकले साहलाई प्रमुख सचेतकमा सर्वसम्मत चयन गरेको लोसपा संसदिय दलमा नेता जितेन्द्र सोनलले बताए ।
साह तत्कालीन राजपामा पनि प्रमुख सचेतक थिए । उनि धनुषा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेश सांसद हुन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर महन्थ ठाकुर नेतृत्वमा लोसपा गठन भए पश्चात लोसपाको प्रमुख सचेतक चुनिएको हो ।
प्रदेश २ को मुख्य प्रतिपक्षि दल रहेको लोसपाको प्रदेशसभामा १६ सांसद छन् । केहिदिन अगाडि मात्र लोसपा संसदीय दलका नेतामा चुनावी प्रक्रियाबाट जीतेन्द्र सोनल चयन भएका थिए ।
निर्वाचित साहले आफुले प्रदेशसभामा पार्टीको धारणा प्रष्ट रुपले राख्ने बताए ।