जनमत पार्टी जनकपुरका कार्यकर्ताहरुले जनकपुरधाम उपमहानगरपालिका खानेपानि बिभागका ईन्जिनियरलाई कालोमोसो दलेका छन् ।
आज करिब १ बजे पार्टीका कार्यकर्ता उपमहानगरपालिकाको कार्यालयमा पुगेर बिभागका ईन्जिनियर राजेश कुशवाहलाई कालोमोसो दलेर सडकमा घुमाएका हुन् ।
बिगत १ महिना पहिले जनमत पार्टिले जनकपुर उपमहानगरपालिकामा भएको बिभिन्न भ्रष्टाचार र निर्माण तथा सरसफाई लगायतको कार्यहरुको सुधारका नागि ज्ञापन बुभाएको थियो ।
नगरपालिका कार्यालयमा सो बारे बुझ्न खोज्दा मेयर लालकिशोर साह त्यहांबाट भागेको र खानेपानी तथा ढल निर्माण विभाग जनकपुरका प्रमुख, ईन्जििनियर कुशवाहाले गालिगौच गर्नथालेपछि कार्यकर्ताहरुले उनलाई जनकार्यवाही गरेको जनमत पार्टिका एकजना नेताले बताए ।
कार्यवाही पछि सो पार्टिका करिब एक दर्जन कार्यकर्ताहरुलाई धनुषा प्रहरीले प्रक्राउ गरेको र आफुहरु प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेको ति नेतालेजनकपुरबाट बताए ।
घटनाको बिस्तृत बिवरण आउन बाकि छ ।