बेमौसमी वर्षातका कारण धानबालिमा ब्यापक क्षति भएपछि समस्यामा परेका किशानको सहयोगका लागि निर्वतमान प्रदेश प्रमुख डा.राजेश अहिराजले आग्रह गरेका छन् ।
गएको साता देखि आएको वर्षा र आंधिवेरीबाट घर भित्राउन खेतमै काटेर राखिएको बालिहरु नष्ट भएर किसाहरुलाई मर्का परेपछि उनिहरुलाई सहयोग गर्न डा.अहिराजले आग्रह गरेका हुन् ।
रौटहटको ग्रामिण क्षेत्रमा भएको क्षतिको अनुगमन गर्दै डा.अहिराजले वर्तमान अवस्थामा अन्नदाताको रुपमा रहेका किसानहरुलाई सहयोग खांचो रहेकोले सक्दो सहयोग गर्न सबैसंग आग्रह गरेका हुन् ।
‘किशानको बालि नष्ट हुंदा उनका परिवार पिडामा छ, भोलि के खाने भन्ने चिन्ता छ’, डा. अहिराजले भने– ‘अन्नदनताहरुको सहयोगमा मुठ्ठी दान गरौं ।’
उनले सकेजती सहयोग प्रत्यक्ष रुपमै पिडित किसानलाई गर्न सम्पुर्ण नेपालिसंग आग्रह समेत गरे ।
‘अहिले किसानको पीडा सुनिदिने वा बोलिदिने कोही भएन’, उनले भने– ‘हामी सबै नेपालीहरु जहाँ र जसरी भएपनि किसानहरुका लागि सहयोग गरौं ।’
करिब ६ महिना प्रदेश २ को प्रदेश प्रमुख रहेका डा.अहिराज निरन्तररुपमा गरिब, किशान, असहाय तथा सिमान्तकृत समसदायको समस्याहरुबारे उठान गरिआएका छन् ।
दशै सकिनै लाग्ला देशैभरी मौसमले पारेको बिजोग र तराई–मधेशका किसानहरुमाथी आपत परेको बेला उनि ४ दिन देखि किसानहरुसंगै ग्रामिण भेगमा छन् ।