बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिँदै छिन्।
मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गएको असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गरेकी थिइन्। विश्वासको मतसम्बन्धी प्रस्ताव बिहीबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत हुनेछ। मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना कम छ।
शाक्यले गएको भदौ २ गते नेपालको पहिलो महिला मुख्यमन्त्रीका रूपमा शपथ लिएकी हुन्। नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि उनले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने भएको हो।
सत्ता लम्ब्याउन प्रदेशसभाको अधिवेशन हतारोमा स्थगित गरे पनि दल विभाजन भएको मितिले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाले शाक्यलाई बाध्य बनाएको हो।