सुदूरपश्चिम प्रदेशमा प्रदेशमा वर्षासँगै आएको बाढीपहिरोमा परी सात जनाको मृत्यु भएको छ ।
बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले बताए ।
मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की छन् । यस्तै पहिरोमा परेर डोटीमा २ जना तथा डडेल्धुरामा २ जनाको मृत्यु भएको हो । डोटीमा ११ वर्षीय आशिष कुन्जेडा र १४ वर्षीय सागर कुन्जेडाको तथा डडेल्धुरामा ३२ वर्षीय विष्णु अवस्थि र ६५ वर्षिया नर्मदा देवी शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।