कैलालीमा बाढीले गर्दा नदीको बिच टापुमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।
जिल्लाको गोदावरी नगरपालिका – ८ स्याउले स्थित खुटिया खोलामा सवा ४ बजेको समयमा बालुवा,ढुङ्गा निकाल्न गएका गोदवारी नगरपालिका वडा –९ बल्मी बस्ने बर्ष ४० का मानबहादुर थापा र उनकी श्रीमती बर्ष ३६ कि रेबु थापाको सकुशल उद्धार गरिएको हो ।
बाढी आई नदीको बिच टापुमा फसेको भनि जानकारी हुनासाथ तत्काल उक्त स्थानमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट र सशस्त्र प्रहरी वल नं. ४७ गण बनबेहडा,कैलालीबाट संयुक्त रुपमा प्रहरी टोलीले उनीहरुको सकुसल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।