बारामा ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।
वीरगन्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीमा पथलैयाबाट वीरगन्ज आइरहेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आइरहेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको हो।
दुर्घटनामा कार चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। ट्याङकर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताए।