देशका धेरै ठाउँको मौसम अहिले सफा भए पनि पर्सिदेखि बद्ली हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर पर्सिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएको हो।
भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले भोलि नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् शान्ती कडेलले बताए।
भोली आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने उनले बताए। उनका अनुसार केही ठाउँमा मेघ गर्जन, चट्यांग र हावाहुरीसहित ठूलो वर्षाको समेत सम्भावना रहेको छ।
मौसमविद्ले यो समयमा खेतीपाती गर्दा र यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। दशैँमा गाउँघर गएकाहरुलाई सडकको अवस्था बुझेर मात्र फर्किन पनि उनीहरुको सुझाव छ।