प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यले बहुमत जुटाएरै देखाउने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सचिवसमेत रहेका आचार्यले झापाको विर्तामोडमा आयोजित दसैं विशेष चियापान कार्यक्रममा विश्वासको मत जुटाउन प्रयासरत रहेको र सफल हुने दाबीसमेत गरे।
प्रदेश सभामा रहेका अन्य दलहरूसँग छलफल तथा संवाद भइरहेको उल्लेख गर्दै आचार्यले भने, ‘शुरूमा हामीसँग बहुमत थियो । तर, राष्ट्रिय राजनीतिमा आएका समस्याका कारण हामी अहिले बहुमतमा छैनौँ । अरुसँग मिलेर बहुमत जुटाउने काम गरिरहेका छौँ । त्यसमा सम्भव हुन्छौं भन्ने लागेको छ । हामी बहुमत जुटाउँछौँ ।’
माधवकुमार नेपालले एमाले फुटाएर नेकपा (एककिृत समाजवादी) गठन गरेपछि प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । आचार्यले दसैँपछि मात्रै विश्वासको मत लिने बताउँदै आएका छन् ।