बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ भाटभटेनी नजिकै बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
नेपालगञ्जबाट राँझातर्फ जाँदै गरेको भे ६ प ६३ ६५ नम्बरको मोटरसाइकलले साइकलमा सवार रहेका अन्दाजी ६५ वर्षीय पुरुषलाई बेलुकी सवा ७ बजे ठक्कर दिएको थियो।
घाइतेलाई उपचारको लागि नेपालगञ्ज नर्सिङहोम पठाइएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।