मुगुमा मंगलबार भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट दसैं मनाउन मुगुका स्थानीय बासिन्दा लिएर आउँदै गरेको बस छायाँनाथ नगरपालिकाको पीनागाउँमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
बस भीरबाट धेरै तल झरेकोले घाइते तथा शवहरु संकलन गर्ने काम भइरहेको प्रजिअ महतले बताए ।। दुर्घटनास्थल दुर्गम भएकाले उद्दारमा कठीनाइ भएको छ ।