हास्यकलाकार मनोज गजुरेल विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको हुन्। उनले भने‚ ‘नयाँ जीवनको सुरु गरियो । सबैलाई बडादशैंको मेरो शुभकामना। मैले पनि शुभकामना पाउँछु भन्ने आशा छ।’
उनीहरुले आजै भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन्। मञ्जु पनि एकल महिला रहेको मनोजले बताएका छन्‚ ‘एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’ मनोजले चार वर्षअघि मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए।