अछाममा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आईतबार राती भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु हो ।
सुदूूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । यस्तै दुर्घटनामा १५ जना घाईते भएका छन् । घाईते मध्ये १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ ।
जीप दुर्घटनामा घाईते हुनेमा जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ का ६५ बर्षिय कृष्ण देवकोटा, १५ बर्षिय भरत ढकाल, भवानी ढकाल, १४ बर्षिय जीवन धामी, १६ बर्षका जगत बिक, १६ बर्षकै हिक्मत आउजी, १७ बर्षका प्रेम नेपाली, १८ बर्षका सन्तोष ढकाल, १९ बर्षका दिपेन्द्र धामी रहेका छन् ।
यस्तै घाइते हुनेहरुमा वडा नं.८ का २२ खम्म खनाल, वडा नं. ५ का १९ बर्षिय तपेन्द्र भण्डारी, १८ बर्षका दिक्षत भण्डारी र मंगलसेन नगरपालिका वडा नं. ५का मेघराज भाट् रहेका छन्। उनिहरु मध्ये भरत ढकाल र सन्तोष ढकाललाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र भण्डारी उपचार पछि घर फर्किएका छन्।
उपचार भईरहेका मध्ये हार्डीजोर्नी सम्बन्धी सल्लाह तथा उपचारका लागि १ जनालाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने थप १ जनालाई पनि रेफर गर्ने तयारी भईरहेको जिल्ला अस्पताल अछामका डाक्टर प्रेम प्रसाद ढुंगानाले बताए । घाईते मध्ये वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहिलाई नेपालगन्ज लगिएको हो । से १ च १७६३ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।