नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका पुर्वमन्त्री प्रभु साहबिच कुरा नमिलेपछी बैठक निष्कर्षबिहिन भएको छ ।
एमाले रोजेकै कारण मन्त्री र सांसद पद गुमाएका साह पछिल्लो समय एमालेको केन्द्रीय कमिटीको बैठकमा समेत सहभागि हुन छाडेका छन् ।
शुक्रवार साह र पार्टि अध्यक्ष ओलिबिच गोप्य भेटघाट भएको थियो । बिहान ओलि निवास बालकोटमा भएको भेटमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल लगायतका नेताहरु सहभागि थिए । बैठकमा साहले भनेझै सम्झौता नभएपछि बैठक निष्कर्षबिहिन भएको हो ।
बिभिन्न ८ बुँदे माग सहितको पत्र अध्यक्ष ओलीलाई बुझाएका साहले माग सम्बोधन नहुने भएपछि दुई नेताबीचको दुरी बढदै गएको छ । हालै ललितपुरको गोदावरिमा सम्पन्न एमालेको प्रथम विधान महाधिवेशन साह समूहले बहिष्कार गरेको थियो ।
साहले लिखित रुपमै आफुले उठाएका मुद्दाहरुको संबोधन हुनुपर्ने माग राखेका कारण सम्झौता हुननसकेको एमाले श्रोतले बताएको छ ।
एमालेका एक नेताले पछिल्लो समय असन्तुष्ट रहेका साहसंग भेटघाट तथा छलफल भएको बताउंदै अध्यक्ष ओलीलाई साहले बुझाएको ८ बुँदे माग कार्यान्वयनको बारेमा लिखित प्रतिबद्धता खोजिएकोले सहमती हुननसकेको उनले बताए ।
ओली निकट एक अर्का नेताका अनुसार ओली मुद्दाहरु कार्यान्वयन गर्न सकारात्मक रहेपनी साहले भनेजस्तै लिखित रुपमा सार्वजनिक गर्न सकिएको छैन् ।
साहको माग पुरा गर्ने बिषयमा अध्यक्ष ओलीले पटकपटक छलफलै गर्दै आएका छन् । तर ओली र साहबीच अझै सहमती जुटन नसकेको ति नेताको दावी छ ।
आफ्ना माग सम्बोधन नहुने देखेपछि साहले आफू निकटका २५ भन्दा बढी एमाले प्रदेश २ कमिटीका सदस्यबाट सामुहिक राजीनामा गराईसकेका छन् । उनि समर्थित युवा, विधार्थी लगायतका नेताहरुले यस अघि नै राजीनामा गरिसकेका छन ।
एमालेको बैठक तथा कार्यक्रम बहिष्कार गर्दै आएका साह आइटी आर्मि नामक संगठन निर्माण गरेर त्यसकै व्यानरमा आयोजित कार्यक्रम सहभागि हुदै आएका छन् ।