नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्री खतिवडाले आजै रामशाहपथस्थित मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका हुन् ।
मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउने वातावरण उपलब्ध गराउने बताए । “सकेसम्म धेरै जनताले सेवा सुविधा सहज ढङ्गले प्राप्त गराउने उद्देश्यका साथ मेहनत र इमान्दारीका साथ काम गर्ने छु”, उनले भने ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न आफू केन्द्रीत हुने उनले बताए ।मन्त्री खतिवडालाई स्वास्थ्यसचिव डा रोशन पोखरेल, मन्त्रालयका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले स्वागत गरे ।
विसं २०१५ फागुन १० गते मकवानपुरको गढी गाविस ९हाल हेटौँडा–१७, हटिया, राजदेवी० मा जन्मिएका खतिवडा मकवानपुरबाट २०४८ सालदेखि नै संसदीय निर्वाचनमा निर्वाचिन हुँदै आयका थिए ।उनले २०४८ साल, २०५१ सालको मध्यावधि र २०५६ सालको संसदीय निर्वाचनमा निर्वाचित भएका छन् । पछिल्लो पटक उनि मकवानपुर क्षेत्र नं २ बाट २०७४ सालको संसदीय निर्वाचनमा निर्वाचित भएका थिए ।
भुटनदेवी माविबाट २०३३ सालमा एलएलसी उत्तीर्ण गरेका उनले नेपाल ल क्याम्पसबाट कानून सङ्कायमा स्नातक उत्तीर्ण गरेका हुन् ।भुटनदेवी माविबाट २०२८ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय उनि २०३५/०३६ सालमा मकवानपुर जिल्लाको पार्टी जिल्ला कमिटीमा रहेका थिए ।
विसं २०४० सालअघिसम्म भूमिगत राजनीतिमा सक्रिय उनि २०४३ सालमा मकवानपुरबाट राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा जनपक्षीय उम्मेदवार बनेका थिए । हाल नेकपा (एकीकृत समाजवादी) स्थायी उनले तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा रही भूमिका निर्वाह गरिसकेका थिए ।