नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले केपी शर्मा ओलीको सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने माधव नेपाल र झलनाथ खनालले छापामार शैलीमा पार्टी विभाजन गरेको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित नेपाल वुद्धिजीवि परिषद्को भेला एवं कार्यसमितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता विष्टले पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा विरोध गर्नेले अहिले दल विभाजन गरेको बताए।
‘हिजो उहाँहरुले विरोध गर्नुभयो, आज उहाँहरुलाई जति प्रतिशत राख्दा पुग्छ त्यही आधारमा पार्टी विभाजन गर्नुभयो,’ विष्टले भने, ‘माधव नेपालले गरेको दल विभाजन राजनीतिक लगायत कुनै पनि हिसाबले औचित्यपूर्ण छैन।’ पार्टीमा हुँदा कहिले अल्पमतमा पर्ने, ओझेलमा पर्ने र अन्यायको सामना गर्नुपर्ने अवस्था हुन सक्ने भन्दै विष्टले त्यसको अर्थ पार्टी विभाजन गर्ने विषय नहुने बताए ।