जसपाले मन्त्रीमण्डलमा जाने मन्त्रीहरुको नामावली प्रधानमन्त्री देउवालाई बुझाएको समाचारहरु सञ्चारमाध्यममा आईरहेकै बिच ठुलो उलटफेर भएको छ ।
प्राप्त जानकारी अनुसार महन्थ ठाकुर पक्षलाई छोडेर उपेन्द्र यादवको दामन थामेका सर्लाहीका सांसद प्रमोद साहको नाम काटेर महेन्द्र यादवको नाम सिफारिश गरिएको छ ।
राष्ट्रपतिले भर्खरै जारिगरेको नियुक्त मन्त्रीहरुको सुचि अनुसार अन्तिम समयमा आएर साहको ठाउंमा यादवको नाम सिफारिश गरिएको हो ।
मन्त्री बन्नैका लागि उपेन्द्र यादवको शरणमा आएका महेन्द्र यादवले उनको नाम सिफारिश नगर्दा बिद्रोहको संकेत दिएपछि उपेन्द्रले प्रमोदको नाममा टिपेक्स लगाएर यादवलाई सिफारिश गरेका हुन् ।
यसका सांथै जसपाबाट सरकारमा सामेलहुने मन्त्रीहरुमा यादव समुदायबाट मात्रै तिन चौथाई पुगेको छ ।
यसअघी रेणु यादव र रामसहाय यादवलाई मन्त्रीको लाई सिफारिश गरिसकिएको छ ।