नेकपा एमालेबाट अलग भई गठन भएको माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जीवन राईले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकिकृतबिच एकिकरण भएको घोषणा गरिएको छ ।
आज दुबै पार्टिका अध्यक्षद्वय नेपाल र राईद्धारा जारी गरिएको संयुक्त वक्तव्यमा उक्त पार्टिहरुबिच एकिकरण भएको घोषणा गरिएको हो ।
असोज ६ गते नै दुई पार्टिहरुबीच एकिकरणको सहमति भएपनी आजमात्र सम्झौतापत्र सार्वजनिक गरिएको हो ।
दुई पार्टिबिच भएको ८ बुँदे सहमतिअनुसार अब एकीकृत पार्टिको चुनाव चिन्ह ‘कलम’ राखिने भएको छ ।
माधव नेपाल निकट मानिएका राईले राईले तत्कालीन नेकपामा विवाद चर्किएपछी निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका थिए ।
एकिकरण पश्चात पार्टिले माक्र्सवाद–लेलिनवादको सिद्धान्तलाई आत्मसमत गर्दै सामाजिक रुपान्तरणकोलाई प्रतिबद्ध हुने जनाईएको छ ।
