तत्कालिन राजपा बाट सांसदमा जितेका महेन्द्र यादव, राजकिशोर यादवहरुलाई उपेन्द्रले घर न घाटको बनाएका छन् ।
आज बिस्तार हुनलागेको मन्त्रीमण्डलमा जसपाबाट सामेल हुने मन्त्रीहरुको नाम बुझाउंदै गर्दा उपेन्द्रको लिष्टमा नत महेन्द्र परे नत राजकिशोर नै ।
राजपाबाट सांसदमा जितेपनि लोसपा निर्माण भईरहंदा महंथ ठाकुरलाई धोखा दिएर उपेन्द्र यादवको खेमामा लागेका दुबैले मन्त्री बन्न पाउनुपर्ने दाबि गरिरहेका थिए ।
तर, आज अन्तिम समयमा उनिहरुको नाम नपठाई जसपा अध्यक्ष उपेन्द्र यादवले महेन्द्र यादव र राजकिशोर यादवलाई सबक सिखाएका हुन् ।
मन्त्री बन्नकै लागि गुट परिवर्तन गरेका सर्लाहिका सांसद प्रमोद साहलाई भने मन्त्री बनाईएको छ ।साहले लोसपा निर्माण भईरहंदा महंथ ठाकुर पक्षका ६ जना सांसद भजाएर उपेन्द्र यादवको पार्टिमा समाहित भएका थिए ।
मन्त्री बन्नैका लागि तत्कालिन राजपाबाट राष्ट्रियसभा सदस्य भएका मृगेन्द्र सिंह यादव उपेन्द्र यादवको हनुमान बनेपनि उनि मन्त्री लिष्टमा अटाएनन् ।
त्यस्तै पटक–पटक मन्त्री बनेका बांकेका सांसद ईस्तियाक राई र पर्सा जिल्लामा राम्रो पकड बनाएका सांसद प्रदिप यादवहरुको नाम मन्त्रीका लागि खुबै चर्चामा चलेपनि उनिहरुलाई मन्त्री बनाईएको छैनु ।
जसपाले छानेको ४ जना मन्त्रीहरु– राजेन्द्र श्रेष्ठ, रेणु यादव। रामसहाय यादव र प्रमोद साहलेआजै सितल निवासमा सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।