प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिस्तार गर्न लागेका मन्त्रीमण्डलमा जनता समाजवादी पार्टिबाट सामेल हुने मन्त्रीहरुको नाम टुंगो लागेको छ ।
जसपा श्रोतका अनुसार आजै अपराहन्न ४ बजे सितल निवासमा हुने शपथग्रहणका लागि जसपाले मन्त्रीहरुहो लिष्ट प्रधानमन्त्रीलाई बुझाई सकिएको छ ।
चार वटा मन्त्रालय मात्र पाएको जसपाभित्र मन्त्री बन्ने लगभग हरेक सांसदहरुको चाहनाका कारण निर्णय हुन नसक्दा बिहिवारै हुने शपथग्रहण कार्यक्रम आजका लागि सारिएको हो ।
श्रोतका अनुसार बिभिन्न कोणहरुलाई मध्यनजर गर्दै मन्त्रीहरुको चयन अध्यक्ष उपेन्द्र यादवले गरेका छन् ।
प्रधानमन्त्री देउवालाई बुझाईएको लिष्टमा पार्टिका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रेणु कुमारी यादव, महासचिव रामसहाय यादव र केन्द्रिय सदस्य प्रमोद साहको नाम छ ।
बिस्वस्त श्रोतले दिएको जानकारी अनुसार मन्त्रीहरुको नामसंगै उनिहरुले पाउने मन्त्रालयको समेत उल्लेख गरिएको छ ।
श्रोतका अनुसार राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, रेणु कुमारी यादवलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, रामसहाय यादवलाई वन तथा वातावरण मन्त्रालय र प्रमोद साहलाई कृषि तथा पशुपंक्षि मन्त्रालय को जिम्मेवारी तय गरिएको छ ।
यथापि, जसपाको आन्तरिक कलहका कारण अन्तिम समयमा मन्त्रालयको नाममा फेरबदल हुनसक्नेसक्ने श्रोतको दाबि छ ।