बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।
संघीय सरकाले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश ९राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको० भाडा २८ प्रतिशतले समायोजन गरेको थियो । त्यसपछि, यातायात व्यवसायीले प्रदेश सरकारले पनि भाडा वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए ।
पछिल्लो एक सातायता काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातले आफूखुसी भाडा लिँदै आएका थिए । यातायात व्यवसायीले आफूखुसी भाडा बढाएपछि ट्राफिक प्रहरीले कारबाही गर्न थालेपछि चक्रपथमा गाडी तेर्स्याएर विरोध नै गरेका थिए ।