प्रतिबन्धित लागुऔषध (ब्राउन सुगरर गाांजा) सहित बाराको दुईस्थानबाट पांच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण नियन्त्रणका क्रममा बारा प्रहरीले जिल्लाको २ छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगर र गाँजासहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।
बाराको ईलाका प्रहरी कार्यालय निजगढले ब्राउन सुगर र लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिकाबाट गाँजा सहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपि गौतम मिश्रले बताए ।
निजगढ नगरपालिका ७ माझीटोल बस्ने २८ बर्षीय लोकबहादुर रानामगर, ३१ बर्षीय रबि तमाङ, वडा नम्बर ६ बस्ने ३४ बर्षीय दिनेश थापा र ४५ बर्षीय मेघराज तिमल्सिनालाई सोमबार साँझ पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा निजगढबाट पुगेको प्रहरी टोलीले माझीटोलस्थित लोकबहादुर रानामगरको घरमा छापामारी गर्दा नुरफिन ८४ पिस, डाइजोपाम ८४ पिस, फिनारगन ८४ पिस र खैरो हिरोइन १ ग्राम २० मिल्लीग्राम लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको डिएसपि मिश्रले बताए ।
त्यसैगरी सिमराबाट गएको प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा निवासी वर्ष ४७ को ईसरायल मिया अंसारीको घरमा लुकाइछिपाई राखेको लागुऔषध गाँजा ११ किलो बरामद गरेको हो ।
मियाको घरमा सोमबार राती खानतलासी गर्दा खांट मुनि बाल्टिनमा लुकाइएको अवस्थामा लागुऔषध गाँजा बरामद गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
