भारतको बिभिन्न शहरको बिश्वबिधालयहरुमा पढेर डाक्टरेटको डिग्रि पाईसकेका पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफुलाई भारतमा हेपिएको बताएका छन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराईले सामाजिक सञ्जालमा लेख्दै चण्डिगढमा पढ्न जाँदा त्यहाँका प्रिन्सिपलले ‘नेपाल कहाँ छ ?’ भनेको उल्लेख गरेका छन् ।
भारतमा नेपाल र नेपाली बारे कस्तो आम बुझाइ छ भन्ने म आफैंले प्रत्यक्ष भोगेको छु भन्दै उनले त्यहां रहदा ठुलाबडाहरुले ‘मेरो घरको कामदार नेपालको हो’ भनि नन्ने गरेको उल्लेख गरेका छन् ।
भारतमा आफुले भोगेको भोगाईकै कारण आफु माओवादीमा लागि जनगुद्धको लागि होमिएको उलने सामाजिक सञ्जालमा उल्लेख गरेका छन।

बिसौं वर्ष पहिला भारतमा अध्ययन गरी नेपाल फर्केर प्रधानमन्त्री समेत बनिसकेका डा.भट्टराईको भनाईको बिभिन्न कोणबाट आलोचना भईरहेको छ ।
भारतको प्रख्यात जवाहरलाल नेहरु बिश्वबिधालयमा समेत पढेका भट्टराई यसअघी पनि सामाजिक सञ्जालमा बिभिन्न बिवादास्पद अभिव्यक्तिहरु दिदै आएका छन् ।