संबैधानिक ब्यवस्था बिरुद्ध सरकार चलाईरहेका प्रदेश २ का मुख्मन्त्री लालबाबु राउत गद्दीले आज प्रदेशसभाबाट बिश्वासको मत लिदै छन् ।
मुख्यमन्त्री गद्दीले संविधानको धारा १८८ अनुसार दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
तर जसपाबाट अलग भएको लोसपा नेपाललाई निर्वाचन आयोगले भदौ ९ गते नै दर्ता गरिसकेकोले असोज ७ गतेभित्र नै मुख्यमन्त्रीले बिश्वासको मत नलिई १३ दिनदेखी गैरसंबैधानिक सरकार चलाएको देखिन्छ ।
संबिधानमा रहेको व्यवस्थालाई लत्याएर सरकार चलाईरहेका मुख्यमन्त्री गद्दीले आज प्रदेशसभामा बिश्वासको मत लिन लागेको प्रदेशसभा श्रोतले जनाएको छ ।
यता, प्रदेश २ का प्रमुख प्रतिपक्ष दल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा नेपाल) संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री गद्दी नेतृत्वको सरकार अवैधानिक रहेको भन्दै त्यसको बिरोध गर्ने बताएका छन् ।
गद्दीले संविधानको धारा १८८ को उपधारा २ लाई अपव्याख्या गरी सरकार चलाएको सोनलले आरोप लगाए ।
‘निर्वाचन आयोगबाट आफुहरुले भदौ ९ गते लोसपाको प्रमाण पत्र लिईसकेको भन्दै सोनलले दल विभाजन ९ गते नै भएको प्रष्ट छ ।
संबिधान अनुसार विश्वासको मत दल विभाजन भएको ३० दिनभित्र असोज ७ सम्म लिनुपर्ने थियो । ७ गतेपछि मुख्यमन्त्रीले संविधान उल्लंघन गरी सरकार सञ्चालन गरिनु अबैधानिक हो ।