प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत लिने बेलामा उनको पक्षमा मतदान गरेको लोकतान्त्रीक समाजवादी पार्टि नेपाल (लोसपा) समेत सरकारमा जानेभएको छ ।
सम्भवतः बुधवार बिस्तार हुने मन्त्रीपरिषदमा २ मन्त्रालय सहित लोसपा सरकारमा सहभागि हुने भित्रि खबर प्राप्त भएको छ ।
लोसपालाई सरकारमा ल्याउनकै लागि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एस र जसपाको कोटाबाट एक–एक मन्त्रालय काटेर तत्काल आफैसंगै राख्ने कुरा मंगलबार बालुवाटारमा बसेको सत्तारुद्ध गठबन्धनको बैठकमा बताईसकेका छन् ।
नेकपा एमाले बाहेका संसदिय शक्तिहरुको साझा सरकारको रुपमा प्रस्तुत हुन देउवाले लोसपालाई सरकारमा ल्याउन लागेको प्रधानमन्त्री श्रोतको दाबि छ ।
लोकसपाका कार्यकारिणि सदस्य जितेन्द्र सोनलले यसबारेमा खुलेर नबोले पनि राजनितिमा हरेक कुरा सम्भव भएको बताएका छन् ।
‘पावर पोलिटिक्समा हरेक कुरा सम्भव छ’, सोनलले भने– ‘यसबारे अन्तिम निर्णय भने अध्यक्ष तथा बरिष्ठ नेताज्युहरुले गर्नुहुने छ ।’
सरकारमा जानै हुन्न भन्ने पनि नभएको भन्दै, लोसपाले देउवालाई नै बिस्वाशको मत पनि दिएको हुनाले साझा अवधारणामा सरकारमा जानसकिने सोनलले बताए ।
लोसपा प्रदेश २ को संसदिय दलको नेता समेत रहेका सोनलले आफु भोलि बस्ने प्रदेशसभाका बिषयमा केन्दीत भएको हुनाले यसबारे पुर्ण जानकारी नभएको बताए ।
सत्तारुद्ध गठबन्धनको मंगलबार बसेको बैठकले मन्त्रालयको भागबन्डा करिब टुंगो लागाईसकेको नेताहरुले बताएका छन् ।
गठबन्धनबीच भएको सहमतिअनुसार कांग्रेसले ६ मन्त्रालय राख्नेछ । त्यसमध्ये कांग्रेसका चारजना मन्त्री भइसकेका छन् ।
जनता समाजवादी पार्टी र नेकपा एसले चार–चार मन्त्रालय पाउनेछन भने माओवादीले पाँच मन्त्रालय पाउने लगभग तय भएको छ । माओवादीबाट यसअघि दुईजना मन्त्री बनिसकेका छन् भने थप तीनजना मन्त्रीले सपथ लिनेछन् ।