बिधालय जांदै गरेकोबेला १५ वर्षिया किशोरीलाई एसिड प्रहार गर्ने अभियुक्त सम्साद मियाँलाई पर्सा जिल्ला अदालतले २ दिनमै रिहा गरेको छ ।
बिरगञ्ज स्थित पर्सा जिल्ला अदालतले २०७७ फागुन २६ गते अभियुक्त सम्सादलाई १ वर्षको कैद सजाय तोकेको थियो ।
जेल जाने उमेर नपुगेको कारण सम्साद बालसुधार गृहमा ६ महिना १४ दिन बसेर निस्केका थिए । बाँकी ५ महिना १६ दिनको कैद भुक्तान नगरी फरार रेहेका उनलाई पहरीले असोज १३ गते बिरगञ्जबाट पक्राउ गरेको थियो ।
पक्राउ परेको २ दिन मै सम्सादलाई पर्सा जिल्ला अदालतले रिहा गरेको हो ।
असोज १३ गते उनकै घरबाट पक्राउ गरेको प्रहरीले असोज १४ गते अदालतमा पेस गरेको थियो ।
तर, अदालतले प्रतिवादी सम्सादले अदालतको फैसला उपर चित्त नबुझी पुनरावेदन गर्न पाउने म्याद ७० दिन बाँकी रहेको भन्दै छोड्न आदेश दिएपछि पर्सा प्रहरीले उनलाई असोज १५ गते साँझ रिहा गरेको हो ।
यसरी बांकि रहेको कैद सजाय भुक्तान नै नगरी फरार रहेका सम्समदलाई पछिल्लो पटक पक्राउ गरी थुनामा राखेको २ दिनमै छोड्न अदालतले प्रहरी आदेश दिएपछि उनी रिहा भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले असोज १३ मा पक्राउ परेका सम्साद अदालतको आदेशमा असोज १५ सांझ गते रिहा गरिएको बताए ।
२०७६ भदौ २० गते मुस्कानमाथि स्थानिय मजिद मियाँसँग मिलेर सम्सादले मुस्कानमाथि एसिड प्रहार गरेका थिए । घटना भए लगत्तै पक्राउ परेका दुवै नाबालक देखिएकाले अदालतले दुवैलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाएको थियो ।