लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गरेको छ ।सोमबार बसेको लोसपा नेपाल प्रदेश २ संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
लोसपा नेपाल प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग आयोगले मारेको छापाका कारण प्रदेश सरकारको गरिमामा नै असर परेको हुनाले मुख्यमन्त्री राउतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सोनलले बताए । असोज २० गते प्रदेशसभाको बैठक बस्दैछ । सो बैठकमा पनि लोसपाले मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने बताइएको छ ।