प्रदेश २ को असोज २० गते बस्न लागेको प्रदेशसभा बैठकमा प्रमुख प्रमुख प्रतिपक्षिदल दल, लोकतान्त्रीक समाजवादी पार्टि नेपालले मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजिनामा माग गर्ने लोसपा श्रोतले जनाएको छ ।
जनकपुरमा आज भईरहेको लोसपाको प्रदेश २ संसदीय दलको बैठकमा मुख्यमन्त्रीको राजिनामा माग गर्नेबारे छलफल भएको श्रोतको दावी छ । लोसपा संसदिय दलको बैठक प्रदेशसभा स्थित दलको कार्यालयमा बसिरहेको छ ।
बेटि बढाउ–बेटि बचाउ अभियान अन्तर्गत साईकल खरिदमा भ्रष्टाचारको आरोप लागेपछि मुख्यमन्त्री लालबाबु राउतको
राजीनामा माग्ने निर्णय गर्न लोसपा दलको बैठकमा छलफल भइरहेको श्रोतले बताएको हो ।
मुख्यमन्त्री गद्दीले असोज २० गते बस्ने प्रदेशसभाको बैठकमा बिस्वासको मत दिने बुझिएको छ ।
जसपाबाट बाहिरिपछि लोसपाले सरकारलाई दिएको आफ्नो सर्मथन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेको
दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले १ महिनाभित्र बिस्वाशको मत लिनुपर्ने प्रावधान छ ।
श्रोतका अनुसार लोसपाले २० गतेको बैठकलाई अवरुद्ध गर्ने र भ्रष्टाधार मुद्दाको छानबिनलाई सहज बनाउन मुख्यमन्त्रीको राजिनामा माग गर्ने योजना बनाईरहेको छ ।
बेटि बढाउ–बेटि बचाउ अभियान अन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । अख्तियारको टोलीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर छापामारीको सत्तारुढ जसपा आन्दोलित बनेको छ ।
असोज २० गते बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने बताइएको छ । तर उक्त बैठक अवरुद्ध गर्ने र मुख्यमन्त्री राउतको राजीनामा माग्ने लोसपाले तयारी गरेको छ ।
लोसपा संसदिय दलका नेता जितेन्द्र सोनलले पार्टिस्थापना भएपछि पहिलो पटक प्रमुख प्रतिपक्षी दलको हैसियतमा के–कस्ता रणनिति बनाउने बारेमा छलफन भएको बताए ।
भ्रष्टाचार काण्डले पुरै प्रदेशवासिको नै बदनामि भएकोले सो बिषयमा समेत छलफल भएको उनले स्विकारे ।