दशै–तिहारको किनमेल गर्न वा कतै आउजाउ गर्ने सोच बनाउनु भएको छ ? छ भने सावधान हुनुस । काठमाडौंमा सयौंको संख्यामा चोर तथा पकेटमारहरु सक्रिय छन् ।
सोमवार मात्रै महानगरीय प्रहरीले उपत्यकाभित्रबाट चोरी तथा पाकेटमारीमा संलग्न २०७ अभियुक्तलाई पक्राउ गरेको छ ।
महानगरिय प्रहरीको बिशेष टोलिले झण्डै २० दिनको शुक्ष्म अपरेशनपछि उनीहरुलाई पक्राउ गर्न सफल भईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक शिंहले बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दशैं लक्षित सुरक्षा कार्यक्रम सञ्चालनका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रक्राउ परेकाहरु मुख्य रुपमा चाबहिल, कोटेश्वर, कलंकी, सातदोबाटो, नयाँ बसपार्क र बालाजु क्षेत्रमा सक्रिय रहेको प्रहरीले जनायो ।
उनिहरुले काठमाडौको रिङरोड वाहिर र भित्री ईलाकामा चल्ने सार्बजनिक यातायातहरु सपिङ्ग मल तथा मुख्य–मुख्य मार्केटहरुमा पाकेटमारी गर्ने गरेका हुन् ।
पक्राउ गरिएका २०७ जनामध्ये ४६ जना पुर्पक्षका लागि जेल चलान गरिएका छन् । कसुर प्रमाणित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनीहरुलाई जेल चलान गरिएको पहरीले जनाएको छ ।
अन्य १६१ जना विरुद्ध अनुसन्धान जारी रहेको र अनुसंधान पछि कार्यवाहि गरिने परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए ।
प्रहरीले गत भदौ २५ गते देखि असोज १५ गते सम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजानिक सवारी साधन र वजारहरुमा परिचालन गरी उनिहरुलाई पक्राउ गरेको हो ।
चोर तथा पकेटमारहरुले गाडिमा सवारि गर्ने तथा किनमेल गर्न गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोरी गर्ने गरेकोशिंहले जनाए ।