लोकतान्त्रिक समाजवादी पार्टि नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आगामी चुनावमा जनता समाजवादी पार्टीसँग कुनै हालतमा पनि गठबन्धन नगरिने बताएका छन् ।
सप्तरीको राजविराजमा पार्टिको कार्यक्रममा सहभागि हुन गएका महतोले पत्रकारहरुसंग कुराकानि गर्दै जसपासंग गठबन्धन नहुने बताएका हुन ।
जसपाले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको भन्दै आगामी निर्वाचनमा गठबन्धन गर्ने औचित्य नै नरहेको बताए ।
‘फुट्न लागेको पार्टि जोगाउन जसलाई रेस्क्यु गरियो उसैले धोखा दिए’, महतोले भने– ‘त्यस्तो मुद्दा बिशर्जनवादीहरुसंग सपनामा पनि गठबन्धन हुंदैन ।’
उपेन्द्र यादवप्रति ईंगित गर्दै महतोले भने ‘उनि मधेशवादलाई बिर्सेर प्रचण्डको चेलागिरि गर्न थाले, हाम्रो बाटो अब अलग हो ।’
२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम र तत्कालिन राष्ट्रिय जनता पार्टिबिच चुनावी गठबन्धन भएको थियो ।
आफ्नो पार्टिले अघि सारेको मुद्दाहरुलाई सम्बोधन गर्ने तथा त्यसमा सहमति जनाउने पार्टिहरुसंग तालमेल हुनसक्ने पनि महतोले जनाए ।