सर्वोच्च अतदालतले आधारहिन र तथ्यबिहिन समाचार प्रकाशण गरि प्रधानन्यायाधिशलाई बदनाम गर्न खोजिएको बताएको छ ।
मन्त्रीमण्डलमा प्रधानन्यायाधीशले समेत कोटा मागेको भनि हिजोदेखि प्रकाशण भएका खबरहरुको खण्डन गर्दै सर्वोच्चले आज सफाई दिएको हो ।
आईतवारदेखि नै प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले सरकारमा आफ्नो भाग खोजेको र आफ्ना नजदिकि दीपक तिमिल्सिनालाई मन्त्री बनाउन खोजेको समाचार प्रकाशण भईरहेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले उक्त समाचारहरुको खण्डल गर्दै आज प्रेस बिज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवम बिस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवम भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद र खेदजन्य विषय हो ।

यसप्रकारको मिथ्यापूर्ण, भ्रामक समाचारहरूको विश्वासमा नपर्न आम नागरिक सबैमा अनुरोध गर्दै न्यायपालिकासँग सम्बन्धित समाचारहरु प्रकाशन गर्दा सत्यतथ्य बुझी आधिकारिकता पुष्टि हुने गरी समाचार प्रकाशन गर्नसमेत सम्बन्ध सञ्चारमाध्यमहरुसंग सर्वोच्च अदालत आग्रहसमेत गर्दछ ।’
जबराकै अध्यक्षतामा रहेको संबैचानिक पिठले केपि ओलि सरकारले भंग गरेकोसंसदलाई पुर्नस्थापना गरि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो ।