राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र पाकिस्तानी प्रमानमन्त्री ईमरान खानको पुतला जलाएको छ ।
हिंदुु राष्ट्रको वकालत गर्दै आएको उक्त संस्थाले शनिवार बाराको कलैयामा गद्दी र खानको बिरोध गर्दै उनिहरुको पुतला जनाएको हो ।
किन जलाईयो गद्दी र खानको पुतला ?
पछिल्लो पटक प्रदेश २ को प्रदेशसभामा ‘मदर्शा शिक्षा’ सम्बन्धी एउटा बिधेयक पेश भयो । बिधेयकमा मुश्लिम बिधालय (मदर्शा) सञ्चालनका लागि प्रदेश सरकारले नितिहरु तर्जुमा गर्ने उल्लेख गरिएको छ ।
प्रदेश सरकारले कानुन नै बनाई त्यस्ता मदर्शाहरुलाई प्रोत्साहन गर्ने र आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउने उल्लेख छ ।
बिरोध किन ?
अभियानका केन्द्रीय संयोजक बिनय यादवका अनुसार मदर्शा बिधेयका माध्यमले प्रदेश २ लाई ईस्लामिकरण गर्न लागिएको र त्यस्ता बिधेयकले देशलाई तालिबानी शासनतर्फ धकेल्न खोजिएको हो ।
‘विश्वका अधिकांश देशमा आज मरर्शामाथि प्रतिबन्ध लागिरहेको बेला हिन्दू देशमा मदर्शा शिक्षा विधयेक ल्याई प्रदेश २ लाई तालिबान संस्कृतितिर धकेलिन खोजिएको छ ।’, यादवले भने –‘यसले धार्मिक धु्रविकरण गरी देशलाई आतंकवादतर्फ अगाडि बढाउने योजना बनाईरहेको छ, हामिले त्यस्तो हुन दिदैनौ ।’
उनले प्रदेश २ का मुख्यमन्त्री गद्दी पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए ।
ईमरान खानले समेत तालिबालको समर्थन गरेको र मुख्यमन्त्री गद्दी मार्फत नेपाललाई तालिबानी राष्ट्रबनाउने प्रपञ्च गरिरहेकोले गद्दी र खान दुबैको पुतला जनाईएको यादवले बताए । भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री गद्दीले तत्काल राजीनामा दिनुपर्ने माग समेत यादवले गरेका छन ।
मधेशका भिनिन्न जिल्लाहरुमा प्रदर्शन गरिरहेको अभियानका समर्थकहरुले इमरान खान मुर्दावाद, मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद, भ्रष्ट कमिसनखोर मुख्यमन्त्री राजीनामा दे र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै नारा लगाएका थिए ।