नेपाल कम्युनिष्ट पार्टि एमालेको विधान महाधिवेशनमा प्रस्तुत तीन वटा दस्तावेजमा छलफलका लागि गठन गरिएको १० वटै समूहले आफ्नो रिपोर्टिङ (निष्कर्ष) तयार गरि पेश गरेका छन् ।
शुक्रवारदेखि जारी महाधिवेशनमा शनिबार कर्णाली प्रदेश समूह, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूह, लुम्बिनी प्रदेश समूह, सुदूरपश्चिम समूह र बागमती प्रदेश समूहले निष्कर्ष प्रस्तुत गरेको थियो ।
आइतबार बिहान ८ बजे नै सुरु भएको महाधिवेशनको पूर्ण सत्रमा गण्डकी प्रदेश समूह, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूह, प्रदेश २ समुह, प्रदेश १ समुह र जनसंगठनहरुको समूहहरुले रिपोर्टिङ गरेका थिए ।
दशवटै समुहको छलफर र रिपोर्टिङ सकिदा लगभन हरेका समुहले खर्चालु निवाएचन प्रणलीलाई सुधार गर्नुपर्ने सुझाव दिएका छन् । वर्तमान निर्वाचन प्रणालीका कारण गरिब तथा मध्यम स्तरका नेताकार्यकर्ता निर्वाचनमा भागै लिन नसक्ने भएको हुलाले यसलाई सच्याउनु पर्ने निष्कर्ष सहितको सुझाव दिएका हुन् ।
यसका सांथै रिपोर्टिङमा खर्चालु चुनाव प्रणाली परिवर्तन गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली अपनाउने, उपाध्यक्षको संख्या सात बनाउनुपर्ने भन्ने जस्ता सुझाव व्यक्त भएका छन ।
निर्वाचन प्रणाली महँगो र खर्चिलो भएकाले त्यसमा व्यापक सुधार हुनुपर्ने लगभग हरेक समुको निष्कर्ष छ ।
केहि समुहले एमसीसीबारे पार्टीको धारणा प्रस्ट हुनुपर्ने रिपोर्टिङ गरेको छन् ।
आज निष्कर्ष बुझाएका केहि समुहले कार्यकारी पद दुई कार्यकाल नै हुनुपर्ने सुझाव दिएको छ। एमालेको आन्दोलनमा रहेर पनि बाहिर रहेका नेता कार्यकर्ताहरुलाई पुनः मूल घर एमालेमै फर्किने वातावरण बन्नुपर्ने निष्कर्ष ति समुहको छ ।