सिमा आवत–जावत सम्बन्धि गाईडलाईन सच्याउन रौटहटवासिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीसंग माग गरेका छन् ।
सरकारले भारतसंगको सिमा भएर आवत–वावत गर्न खुल्ला गरेको छ । तर त्यसका लागि आठ पन्नाको गाईडलाईन जारी गरेको छ । सोहि गाईडलाई सच्याउन रौटहटका बिभिन्न दलका नेता तथा नागरिक समाजले आज माग गरेका हुन् ।
मुख्यतः गाईडलाईनमा रहेको, भारतबाट नेपाल प्रवेश गर्नुपुर्व अनलाईन रजिस्ट्रेशन गर्नुपर्ने प्रावधानलाई हटाउनुपर्ने उनिहरुको माग रहेको छ ।
कोरोना माहामारिका कारण २ बर्षदेखि सिमाना बन्द भएपछि दुबै देशका नागरिकहरुलाई सास्ती भईरहेको भन्दै पुर्ववर्ति रुपमै सिमाना खोल्नुपर्ने उनिहरुको माग छ ।
कोरोनाको करह कम भईसकेको र बिधालय, बजार, मठमन्दिर, यातायात, कलकारखाना लयायतका क्षेत्रहरुपुर्ण रुपमा खुलिसकेको अवस्थामा खुल्ला सिमानाबाट आवत–वावतका लागि निर्धारण गरिएको मापदण्ड सम्बन्ध बिगार्ने र झन्झटिलो भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको हो ।
रौटहटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाउंदै नागरिक समाज रौटहटका अध्यक्ष जगरनाथ केशरीले, भारत–नेपालबिचको रोटिबेटिको सम्बन्धलाई असर पुग्नेगरी बनाईएको गाईडलाईनले दुई देशको नागरिकमा नकारात्मक असर पर्ने भएकोले त्यसलाई सच्याउन माग गरेका हुन् ।
जिल्लाका बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुसंगै पुगेका केशरीले सदियौं देखि चलिआएको सम्बन्धमा आघात पुर्याउने निर्णय नसच्याए सिमा क्षेत्रका बासिन्दा संघर्षमा उत्रिन बाध्य हुने समेत बताएका थिए ।
टोलिमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एस, जनता समावादी पार्टि र लोकतान्त्रीक समाजवादी पार्टि नेपालका नेता तथा नागरिक समाजका अगुवाहरु सम्मिलित थिए ।