काठमाडौँ— काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव पाँच दिनपछि ललितपुरको वाग्मती गाउँपालिका–१ घुसेलको वाग्मती नदी किनारमा फेला परेको छ। प्रहरीले खिचेको फोटोमा परिवारले बालकको शव पहिचान गरेको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ।
काठमाडौं महानगरपालिका–६ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेका १० वर्षीय उज्ज्वल विक गत मंगलबार रातिदेखि बेपत्ता थिए।
शव सडेको अवस्थामा फेला परेको छ। प्रहरीले पोस्टमार्टमका लागि पाटन अस्पताल ल्याइएको छ।