पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५० जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.०३ प्रतिशत पुगेको छ ।
शुक्रबार ९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।
हाल देशभर २० हजार २८७ सक्रिय सङ्क्रमित छन् ।