काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललितानिवास जग्गा प्रकरणमा प्रतिशोध साँध्नका लागि मुद्दा चलाइएको जिकिर गरेका छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले झुटो मुद्दा लगाएर राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भएको दाबी गरे। ५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने उद्देश्यका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोग लागेको आरोप पनि उनले लगाए।
मुद्दा निष्पक्ष रूपमा नचलाइएको र छानीछानी चलाइएको उनको भनाइ छ। उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको उनले बताए।
उनले आफ्नो घरसमेत नभएको र डेरामा बस्दै आएको पनि बताए।